बेलायतमा नेपाली सेफ अभाव

दुई वर्षअघि सिभिल इन्जिनियर पब किन्दा व्यवसायी बल रायमाझी जति उत्साहित थिए, अहिले परिस्थिति त्यस्तो रहेन । ग्राहकको कमी पनि होइन, प्रत्येक सप्ताहान्त नेपालीका कार्यक्रमले व्यवसाय चलिरहेको थियो । तर, भान्सामा सेफ अभावले उनी रेस्टुरेन्ट बन्द वा बिक्री गर्ने सोचमा पुगिसकेका छन् । ‘दुई साता अघिमात्र हेड सेफले छाडेपछि व्यापार चौपट भएको छ,’ उनले गुनासो गरे, ‘अहिले अस्थायी सेफले काम चलाइरहेको छु । बारम्बार सेफ फेरिरहँदा खानाको स्वाद फरक हुने भएकाले ग्राहक पनि घटेका छन् ।’ ७ महिना अघिमात्र सरस नामक रेस्टुरेन्ट किनेका मिलन केसी अहिले व्यवसाय चलाउँm कि छाडूँको स्थितिमा छन् । उनले भोगेको संकट अरू केही नभएर सेफसहितका जनशक्ति अभाव नै हो । ‘किचेनमा पकाउने भान्से पर्याप्त नभएपछि धेरै अर्डर नआइदिए हुन्थ्यो जस्तो हुन थालेको छ,’ उनी वास्तविकता सुनाउँछन् । बेलायत सरकारको कडा अध्यागमन नीतिका कारण तेस्रो मुलुकबाट दक्ष सेफ झिकाउने बाटो बन्द भएपछि अहिले नेपाली रेस्टुरेन्टहरू जनशक्ति अभावले गुज्रिरहेको सानो उदाहरण हो यो ।  नेपाली खाना पकाउन नेपाली र एसियनले मात्र सक्ने भएकाले व्यवसायीहरू अहिलेकै जस्तो अभाव रहिरहे रेस्टुरेन्ट बन्दको विकल्प देख्दैनन् ।
बेलायतमै भएका धेरैजसो नेपाली सेफ आवासीय अधिकार (पीआर) पाएपछि अन्यत्र राम्रो जागिरतिर लागेका र बाह्य मुलुकबाट दक्ष सेफ आउने विकल्प बन्द भएपछि संकट चुलिएको व्यवसायीको बुझाइ छ । नेपलिज सेफ एसोसिएसन यूकेका अध्यक्ष कृष्ण तिमल्सिनालाई अचेल व्यावसायिक सेफ चाहियो भन्ने कल दिनहुँ आउँछन् ।
एउटा इन्डियन रेस्टुरेन्टमा लामो समयदेखि ‘हेड सेफ’ रहेका उनी यस क्षेत्रमा लागेको करिब अढाई दशक भएको छ । पछिल्लो तीन वर्षयता उनले यस्तो अचाक्ली संकट भोगेका हुन् ।
‘व्यवसाय नचलेर भन्दा सेफ पाइएन भन्ने गुनासो व्यवसायीको बढी छ,’ उनी भन्छन्, ‘पहिले सेफले काम चाहियो भनेर हैरान गर्थे तर अहिले ठीक विपरीत व्यवसायीहरू सेफको खोजीमा भौंतारिरहेका छन् ।’
सेफ संकट टार्न एसोसिएसनले प्रशिक्षण दिएर रेस्टुरेन्टमा उपलब्ध गराउने सोच बनाइरहेको पनि तिमल्सिनाले बताए ।
बेलायतमा नेपाली सेफ अभाव बेलायतमा नेपाली सेफ अभाव Reviewed by Unknown on 1:05 AM Rating: 5

No comments:

Ad Home

news24-Nepal. Powered by Blogger.